माओवादी सांसद बस्नेत भन्छन्- देउवा प्रधानमन्त्री बन्ने कुरा अनुमानको खेती मात्रै (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले ७६ (३) अनुसार ठुलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भन्ने कुरा अनुमानको खेती मात्रै भएको बताएका छन्।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावमै गठबन्धन भएकाले यो गठबन्धन टिक्ने दाबी गरे।

प्रशिक्षण कार्यक्रम फ्लोर क्रस हुन्छ भन्ने डरले हो ? भन्ने प्रश्नमा उनले भने, ‘हरेक कुरालाई नकारात्मक रूपमा लिनु हुँदैन। अहिले पार्टीहरूले गरेको निर्णय सांसदहरूलाई सम्प्रेषण गर्ने उद्देश्यले राखिएको हो।’

Comments

One response to “माओवादी सांसद बस्नेत भन्छन्- देउवा प्रधानमन्त्री बन्ने कुरा अनुमानको खेती मात्रै (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    सबै साँसदलाई चुनाव नभएसम्म काठमाडौंमा ल्याएर होटलमा पो राख्ने कि ? आफू बेईमान भएपछि अरूले पनि बेईमानी गर्छन भनेर सोच्नु ठिकै हो किनकी चोरले अरूलाई पनि चोर नै देख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *