नेकपा एससँगको बैठकपछि पृथ्वीसुब्बा भन्छन्- एकखालको सहमति भएको छ

काठमाडौं । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूसँग भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिएको छ।

राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङको पक्षमा नेकपा एसलाई मत मागेर फर्केपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रपतिमा भोट माग्ने अभियानमा पहिलो पटक नेकपा एसको कार्यालयमा आएर अध्यक्षसहित सबै पदाधिकारीसँग कुरा गरेको बताए।

उनले भने, ‘हामीले सुवास नेम्वाङलाई भोट हाल्न अनुरोध गरेका छौँ। अहिलेको चुनौतीको बीचमा दुई पार्टीलाई एक गर्ने कुरामा हामीबीच एक खालको सहमति भएको छ। यही अवसरलाई समातेर हामी फेरि पनि भेटघाट र छलफल अगाडि बढाउने दुई पक्षबीच साझा सहमति भएको छ।’

यही विषयले पार्टी एकताको सम्भावना पनि अगाडि बढ्न सक्छ भन्ने प्रश्नमा उनले भने, ‘समय बलवान छ समयको शक्तिले हामीबीचको आग्रह पूर्वाग्रह, रिस राग सबैलाई छोपेर अगाडि बढ्ने बाटो भेटेको छौँ। वार्ता सकारात्मक छ।’

वार्ताका लागि नेकपा एसका कार्यालयमा उम्मेदवार नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरू सहभागी थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *