बद्री पंगेनीले गाए लाखौंको पीडा– सापटी दिँदा पासोमा परेकाहरुको कथा ‘पैसा सापटी’

काठमाडौं । गायक बद्री पंगेनीले फरक स्वादमा तर आम मान्छेको समस्यालाई सन्देशमूलक विषय बनाएर नयाँ गीत ल्याएका छन् ‘पैसा सापटी’ । करीव १७ मिनेट लामो म्युजिक भिडिओको शुरुमा पैसा सापटी लिनुभन्दा अघि र लिएपछि मान्छेको वास्तविक चरित्र कस्तो हुन्छ भनेर राम्रोसँग चित्रण गरिएको छ ।

सयौं मर्मस्पर्शी र कालजयी लोकगीत गाएका कलाकार पंगेनीले आफ्नै शब्द रचना र संगीतमा ल्याएको यो फरक प्रस्तुतिमा अहिलेकी अर्की चर्चित गायिका रचना रिमालले साथ दिएकी छन् ।

पैसा सापटी दिएर उल्टै झमेलामा परेका लाखौं मान्छेको समस्यालाई गीति कथाको शैलीमा बद्रीले सरल ढंगले प्रस्तुत गरेका छन् । बुधवार अपरान्ह रिलिज भएको म्युजिक भिडिओ आधा घण्टामा तीन हजारभन्दा बढीले हेरिसकेका थिए ।

पैसा लिने बेलामा अनेक वहाना,समस्या र पीडा दर्शाउँने व्यक्तिहरुले पैसा हात परेपछि उल्टै कसरी दुःख दिन्छन् भन्ने व्यवहारिक कुरालाई गीतमा उतारिएको छ ।

पैसा सापटी दिनेहरु उल्टै प्रहरी फन्दामा परेका घटनालाई पनि यो म्युजिक भिडिओमा उत्कृष्ट ढंगले उतारिएको छ । पैसा सापटी दिएका कारण सम्बन्ध बिग्रिएका आम घटनाहरु गीत गायक गायिका र कलाकारले उत्कृष्ट ढंगले प्रसतुत गरेका छन् ।

गीतको शुरुमै भनिएको छ,

एक महिनालाई सापटी माग्यो

एक वर्ष भो कता भाग्यो

सापटी नदिए आफन्ती टाढा

सापटी दिँदा बिग्रियो सारा

गीतको अन्त्यमा बद्री पंगेनीले भनेका छन्– आर्थिक लेनदेनमा इमानदारीता भएन भने यस्ता गितहरुको सृजना हुने गर्दछ

बद्री पंगेनी र रचना रिमालले गाएको यो कर्णप्रीय गीतमा सागर लम्साल बले,अनु रेग्मी,नन्दा बस्याललगायतका कलाकारले सापटी लिने र दिनेको वास्तविक अभिनय गरेका छन् ।

नेपालीमा एउटा उखान छ,

ठेस नलागे उखुबारी पस्नु

ऋण नलागे जमानी बस्नु

ठिक यस्तै दृष्य गीतमा देख्न पाइन्छ ।

बाँकी यो गीत हेर्नुस्

 

Comments

One response to “बद्री पंगेनीले गाए लाखौंको पीडा– सापटी दिँदा पासोमा परेकाहरुको कथा ‘पैसा सापटी’”

  1. bhawana upreti Avatar
    bhawana upreti

    Malai nai milne geet raichha…teslai 12 barsa ko sajaya vayo dhanya bhagawan

Leave a Reply

Your email address will not be published. Required fields are marked *