क्यूआरबाट बीमाशुल्क भुक्तानी गर्न मिल्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्युआरबाट बीमाशुल् भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ ।

कम्पनीले ग्राहक वर्गलाई उच्चतम प्रविधिमा आधारित सेवा प्रदान गर्ने उद्देश्यले सबै शाखा मार्फत ‘फोनपे नेटवर्क’ मा आबद्ध वित्तीय संस्थामा ‘इ सेवा’ को माध्यमबाट ‘डाइनामीक क्युआर स्क्यान’ गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने जनाइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ‘इ सेवा’ का प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको उपस्थितीमा भएको समारोहमा सेवाको औपचारिक सुरुवात गरिएको कम्पनीले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *