रक्सी भनेर सेनिटाइजर खाने डाँगी उपचारका लागि नेपालगन्जमा

सुर्खेत । रक्सी भन्दै सेनिटाइजर सेवन गर्दा एकजना बिरामी परेका छन् । सल्यान बागचौर नगरपालिकामा इमान डाँगीले रक्सी भनेर सेनिटाइजर सेवन गर्दा बिरामी भएका हुन् ।

बागचौर नगरपालिका–९ डाँगीगाउँ बस्ने अन्दाजी ५२ वर्षका इमान डाँगीले मादक पदार्थ सेवन गरी आफ्नै घरमा भएको २ सय ५० मिलिलिटरको बोतलमा राखेको सेनिटाइजर सेवन गरेपछि बिरामी परेका हुन् ।

बिरामी भएका डाँगीलाई उपचारका लागि स्थानीय सहज पोलिक्लिनिक थारमारेमा सामान्य उपचार गरिएको थियो ।

थप उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको र त्यहाँ पनि सम्भव: नभए पछि नेपालगन्ज रिफर गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *