दुर्घटनामा बुटवलका पत्रकार मनोज हितंगाको मृत्यु

रुपन्देही । बुटवलको मिलनचोकमा शनिबार राति भएको दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ।

गए राती करिब सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताल लाइनतर्फ गइरहेका हितंगा सवार मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको यात्रु बाहक बस बसपार्क नजिकै एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो।

दुर्घटनाबाट गम्भीर घाइते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ।

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्शनको रूपमा कार्यरत हितंगा पछिल्लो समय एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रूपमा कार्यरत थिए।

पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए। हितंगाका बुवा,एक श्रीमती २ भाइ छोरा रहेका छन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *