प्रचण्डले भने- सरकार पुनर्गठन हुन्छ, एमालेले गर्नसक्ने केही छैन प्रतिपक्षमा जान्छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले नयाँ प्रक्रिया थालेकाले सरकार पूनर्गठन हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आठ दलबीच भएको सहमतिलाई राष्ट्रिय सहमतिनै भएको बुझेको बताए।

उनले भने, ‘अहिले हामीले मिल्नु जरुरी थियो। एमाले पनि अब कतै जानसक्ने स्थिती छैन। प्रतिपक्षमा जानसक्नुहुन्छ उहाँहरु पनि। राप्रपाका सबै मन्त्रीहरुले राजीनामा दिनुभयो। अब कानुनी हिसाबले अब हामी नयाँ प्रक्रियातिर जानुुनै पर्छ। सरकार नयाँ बन्छ पुर्नगठन हुन्छ। तर, पनि एमालेको सभामुख हुनुहुन्छ। त्यहाँबाट फुत्केर जान सक्नुहुन्न।’

उनले हिजो बालुवाटारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगमको भेटमा सहमतिमै राष्ट्रपति कांग्रेसलाई दिने प्रस्ताव गर्दा नमानेको बताए।

उनले भने, ‘ओलीजीसँग हिजा बालुवाटारमा कुुरा गर्दा तपाईं र म राष्ट्रिय सहमतिको सुत्रधार बनौं। नेपाली कांग्रेसलाई राष्ट्रपति तपाईं र मेरो सहमतिमा दिऔं। सबैभन्दा ठुलो पार्टीको राष्ट्रपति हुन्छ। तपाईंको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष पनि छन्। हामी दुवैजना गएर राष्ट्रपति तपाईंहरु लिनुस् भन्यौं भने नयाँ राष्ट्रिय सहमति हुन्छ भनेको थिए। तर, उहाँले मान्नुभएन। त्यहाँ केही छ।’

Comments

2 responses to “प्रचण्डले भने- सरकार पुनर्गठन हुन्छ, एमालेले गर्नसक्ने केही छैन प्रतिपक्षमा जान्छ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    हिजो काँग्रेसले हानेको लात बिर्सिएछन प्रचण्डले । अब फेरि लात खाए पछि रूँदै बालकोट आएको देख्न पाईन्छ । माओवादी लगायतकाको पतन शुरू भयो अब । दिल्लीका एजेण्टहरूलाई जनताले राम्रैसँग चिनिसके ।

    1. Laleek Avatar
      Laleek

      राजनीतिका ईमान्दार हुनैपर्छ, तर राजनीति सिधा बाटोबाट मात्र जान्न, बाङ्गोतिङ्गो बाटोमा पनि जान सक्छ, एकको भर अर्को हुनैपर्छ, जनताको अभिमतलाई शीरोधार गर्नै पर्छ, समयले बताउने नै छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *