पुरानो गठबन्धन बिउँताउनेबारे प्रचण्डले भने- अहिले फाइनल भएको छैन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचदलीय गठबन्धन बिउँताउनेबारे छलफल भइरहेको बताएका छन् ।

सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि उनले पत्रकारलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।

पाँचदलीय गठबन्धन बिउँताउन लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘छलफल भइरहेको छ । फाइनल भइसकेको छैन ।’

यस्तै, नेकपा एसका अध्यक्ष नेपालले पनि आफूहरूले अनेकौं विकल्पमा छलफल गरिरहेको भएकाले देशको हितलाई हेरेर निर्णय गर्ने बताए ।

Comments

One response to “पुरानो गठबन्धन बिउँताउनेबारे प्रचण्डले भने- अहिले फाइनल भएको छैन (भिडिओ)”

  1. nagendra Avatar
    nagendra

    खासमा प्रचन्ड तिम्रो समस्या के हो !?
    देश जनता र तिनको उन्नतिको लागि काम गर्ने बेलामा यो वा त्यो रुपमा तिमीलाई सबै मुख्य समस्या र कर्तब्यबाट बिमुख गराउने र एक प्रकारले अस्थिरताको कारक बनाउने यन्त्र के हो, श्रोत के हो !?
    के तिमी दुनियाँले भन्ने गरे जस्तो ‘अरु गोट्टी’ नै हौ त !?
    ::: बिगतमा गल्ति नै भएको भए पनि ‘कोर्स करेक्सन’ भयो र हुँदै छ !! काङ्रेशले भकुण्डो हानेर झ्यासमा फालिदिएको थियो ओलिले उठाएर देशै तिम्रो हातमा सुम्पिएको छ !! तिमीले देशको लागि गर्न चाहेको गर्न चाहेको कुरा गर्ने अवसर हो यो :: के दुनियाँले भन्ने गरेको जस्तो ‘केही गर्न नसक्ने, निकम्मा असफल मान्छे’ नै हौ त !?
    ::: एक प्रकारले बाम्पन्थी एकताको आधार बन्दै छ, परिवर्तनको आश गरेर बसेका मान्छे अली खुशी भएका हुन तर ती सबैको केही वास्ता छैन, सबै तोड्न तयार भएु !!!
    के दुनियाँले भन्ने गरे जस्तो स्वार्थी, अवसर्बादी भारतीयहरुको प्यादा नै हौ त !? समस्या तिम्रो के हो !!
    ::: कि दुनियाँले भन्ने गरे जस्तो तिमी ‘नक्कली’ हौ काङ्रेशले ‘पर्सेको बोको’, काटिन तयार तर पुरापुर अनभिज्ञ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *