क्वात्राको दौडधुपलाई लिएर संसदमा रघुजी पन्तले जनाए विरोध (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले भारतीय विदेश सचिव विजयमोहन क्यात्राले राष्ट्रपतिदेखि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग भएको भेटबारे आपत्ति जनाएका छन् ।

वुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रपति निर्वाचनको बेलामा विदेशी दौडधूप चलिरहेकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘राष्ट्रपतिको विषयमा अहिले छलफल भइरहेको छ । तर, दुखको कुरा भारतको पूर्व प्रोफेशरले राष्ट्रपतिमा हाम्रो पूर्व राजदूत, पूर्व सभामुख र पूर्व अर्थमन्त्रीलगायत व्यक्तिको नाम प्रस्तुत गर्छ । कस्तो दिन आयो? हाम्रो मन्त्रीस्तरको राजदूत हुनुहुन्थ्यो निलाम्बरजी । उहाँलाई भारतको परराष्ट्रमन्त्रीसँग भेट्नको लागि पटक पटक ताकेता गर्दा मुस्किलले भेटघाट हुन्थ्यो । तर, राष्ट्रपतिको चुनावअघि यहाँ भारतका विदेशसचिव आउँछन् । उनी राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री सबैलाई भेटाउँछौं ।’

उनले राष्ट्रिय सम्मानको कुरा भएकाले सरकार र परराष्ट्र मन्त्रालयको ध्यानकर्षण गराए ।

 

Comments

2 responses to “क्वात्राको दौडधुपलाई लिएर संसदमा रघुजी पन्तले जनाए विरोध (भिडिओ)”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    मलाई यी मान्छे राम्रा लाग्यो

  2. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    नेपालका नेताहरू नाङ्गै छन भन्ने यो भनाइले पुष्टि गरेन र भन्या अब पनि हामीले कति खेप्नु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *