गुलसन सिनियर टीममा रहने भएपछि यू–१९ क्रिकेट टीमको कप्तानमा देव खनाल नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले देव खनाललाई यू–१९ क्रिकेट टीमको कप्तान नियुक्त गरेको छ ।

यसअघि गुलसन झाको कप्तानीमा यू–१९ विश्वकप छनोट खेल्ने टीमको घोषणा भएपनि उनी सिनियर टिमसँगै आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि यूएई भ्रमणमा रहने भएसँगै देवले कप्तानको जिम्मेवारी पाएका हुन् ।

यू–१९ विश्वकप छनोट र लिग २ शृंखला एकै समयमा भएकाले गुलसनले सिनियर टीमबाटै खेल्न लागेका हुन् ।

सन् २०२४ मा श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकपका लागि एसिया छनोटमा नेपालले पहिलो खेल फेब्रुअरी २४ मा सिंगापुरसँग, दोस्रो खेल फेब्रुअरी २५ मा कुवेतसँग, तेस्रो २७ फेब्रुअरीमा हङकङसँग चौथो मलेसियासँग फेबु्रअरी २८ मा र अन्तिम खेल मार्च २ मा घरेलु टीम यूएईसँग खेल्नेछ ।

विश्वकप छनोटका लागि यू–१९ टीम बुधबार यूएई प्रस्थान गर्नेछन् ।

यू–१९ टीमः

आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दिपक बोहरा, देव खनाल, दिपक बोहरा, उत्तम कुमार थापा मगर, सुबास भण्डारी, दिपक डुम्म्रे, बिशाल केसी, दिपेश कडेल, मिलन बोहरा

रिजर्भ खेलाडीहरुः प्रन्वल थापा, निर्मल थापा, तुल बहादुर थापा र राजेश यादव

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *