पोखरा । कास्कीमा विस्फोटक पदार्थ पड्किदा २ बालक घाइते भएका छन् । मङ्गलवार कास्कीको पोखरा महानगरपालिका वडा नं. ३३ ठूलढुंगामा विस्फोटक पदार्थ पड्किदा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काले जानकारी दिए ।
उनका अनुसार बालकले वनमा भेट्टाएको विस्फोटक पदार्थ घरमा लगेर खेलाउँदा पड्किएको हो । ‘प्रारम्भिक अनुसन्धानबाट वनमा भेट्टाएको विस्फोटक पदार्थलाई घरमा लगेर किला ठोक्दा पड्किएको खुलेको छ,’ प्रहरी निरीक्षक खड्काले भने, ‘दुवैको हात र खुट्टामा चोट लागेको छ । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पतालमा उपचारका लागि लगिएको छ ।’
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply