माघमा ६४ हजार बढीले लिए श्रम स्वीकृति

काठमाडौं । गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी कूल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।

यो सङ्ख्या पहिलो पटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । यसै गरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार एक सय २४ जना रहेको छ । जसमा चार हजार दुई सय ६६ जना महिला र ३४ हजार आठ सय ५८ जना पुरुष रहेको विभागले जनाएको छ । जसमा सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १९ हजार सात सय ८३ जना रहेको छ ।

कतार जानका लागि १२ हजार सात सय चार जना, साउदीका लागि १० हजार पाँच सय ७६ जना, युएईका लागि नौ हजार सात सय ७० जना र कुवेतका लागि दुई हजार नौ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् । साइप्रसका लागि चार सय १७ जनाले, क्रोएसियाका लागि चार सय ७१ जनाले, जापानका लागि आठ सय ८२ जनाले, माल्टाका लागि दुई सय ७० जनाले, पोल्याण्डका लागि सात सय २० जनाले, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि आठ सय चार जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

Comments

One response to “माघमा ६४ हजार बढीले लिए श्रम स्वीकृति”

  1. Hemraj Avatar
    Hemraj

    देशको सम्पुर्ण राज्यसत्ता जबसम्म लोकतन्त्र, गणतन्त्रको नाममा लुटतन्त्र वादीहरूको हालीमुहालि रहन्छ तव सम्म नेपाली युवाशक्तीहरू वैदेशिक रोजगारमा खाडी लगायत अन्य मुलुकमा रोजगारीको लागि जानु पर्ने देशमा परिस्थिती बनाई रहनेछन जुन कुरा जनताले बुझन सक्नु पर्नेछ ? अन्यथा हामी बारबार victim भईरहनेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *