बिदाका दिनमा पनि काभ्रेको जिल्ला प्रशासन कार्यालयले दियो सेवा

काठमाडौं । शनिबार तथा आइतबार प्रजातन्त्र दिवसको सार्वजनिक बिदा दिन पनि काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यलयले सेवा प्रवाह गरेको छ ।

झन्झटिलो र अत्यासलाग्दो सेवा प्रणलीका कारण असहज महसुस गररिहेका सेवाग्राहीलाई बिदाको दिनसमेत सेवा प्रवाहको योजना बनाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

लगातार दुई दिन परेको सार्वजनिक बिदामा पनि यथासक्य सेवा दिने निर्णयसहित सेवाग्राहीलाई गत शुक्रबार नै शनिबार र आइतबारका लागि टाइम टोकन वितरण गरिएको थियो ।

आफूले पाएको टाइमटोकन अनुसार तोकिएको समयअनुसार सेवाग्राही बिदाको दिन पनि सेवा लिन आएका थिए । बिदाको दिन पनि सहज तरिकाले सेवा लिन पाउँदा खुसी हुनाका साथै कार्यालयप्रति आभारी भएको सेवाग्राही शिवहरि खतिवडाले बताए ।

सेवाको माग धेरै र उपलब्धता थोरै भएकाले नागरिक मैत्री सेवा प्रवाह गर्न बैंक काउन्टरसमेत बिदाको दिनमा सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले बताए। कार्यालयले टाइमकार्ड लागू गरेसँगै राहदानीका लागि फारमसमेत कार्यलयका कर्मचारीले नै भरिदिँदै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *