नेपाली सेनाको रिसर्च आर्टिकल प्रतियाेगितामा झापाका विष्ट प्रथम, जिते २ लाख नगद

काठमाडौं । नेपाली सेनाले आयोजना गरेको रिसर्च आर्टिकल प्रतियाेगितामा झापाका प्रकाश विष्ट प्रथम भएका छन् । नेपाली सेनाको २६०औं स्थापना दिवसको अवसरमा प्रकाशन भएको सेनाको ‘युनिटी जर्नल’को चौथो संस्करणको लागि माग भएको आर्टिकलमा विष्ट प्रथम भएका हुन् ।

उनलाई प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार नगद तथा प्रमाणपत्र प्रदान गरेका छन् । विष्टले नगद दुई लाख रुपैयाँ जितेका छन् ।

यस्तै प्रतियाेगतिामा पदमबहादुर सिंह र डाक्टर हिन्दु संस्कृति कार्कीले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन् । उनीहरुले क्रमशः डेढ लाख र एक लाख पाएका छन् ।

नेपाली सेनाका अनुसार जर्नलको लागि भएको प्रतिस्पर्धामा १९२ जना सहभागी भएका थिए । प्रतिस्पर्धामा आएका उत्कृष्ट २६ रिसर्च आर्टिकललाई जर्नलमा समावेश गरिएको छ । समावेश हुनेहरुमा मनिषजंग पुलामी, अनु राई, सुमन डीसी, रत्नकेशरी महर्जन, धर्मबहादुर बानियाँ, गौरव भट्टराई, राजेन्द्र शर्मा, उत्सव शर्मा गैरे, आनन्दसिंह भट्ट, कृष्ण रेग्मी रहेका छन् ।

यस्तै ओमकार पौडेल, फत्यबहादुर खड्का, हिरण्यलाल लम्साल, प्रशंसा घिमिरे, द्रोणप्रसाद लामिछाने, मुस्कान पाण्डे, गुन्जन झा, सृष्टि सुमन, खड्ग केसी, कुन्दन अर्याल, यतिस ओझा, पशुपति अधिकारी, भावना पौडेल र बालानन्द शर्मा पनि उत्कृष्ट २६ मा पर्न सफल भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *