कर्णालीको दुश्मनी गरिबीसँग छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको दुश्मनी गरिबीसँग रहेको बताएका छन् । प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको पर्यटकीय क्षेत्र बुलबुले उद्यानमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करणको उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले समृद्ध कर्णाली निमार्णको लागि शिक्षा, स्वास्थ्य, रोजगारका लागि पूर्वाधारको आवश्यकता रहेको बताए ।

कर्णालीको दुश्मनी गरिबीसँग रहेको र यसको अन्त्यका लागि श्रम, सीप, मानव शक्ति, जङ्गल, पानी, र खानीलाई परिचालन गर्न सकेमात्रै गरिबीको अन्त्य हुने धारणा व्यक्त गरे ।

उनले भने, ‘बहसले कर्णाली समृद्ध हुनमा टेवा पुर्याउने अपेक्षा गरेको छु । कर्णालीमा चुनौती र सम्भावनाको बहसका विषयमा कर्णाली सरकारले छलफल गर्दै आएको मुख्यमन्त्री शर्माले बताएका छन् ।’

त्यस्तै, उनले राजनीति सिद्धान्त समाजवाद भनेको के हो, कुन चरीको नाम हो भनेर प्रश्न गर्दै समाजवादको चरीलाई समातेर अघि आत्मसात् गर्नुपर्ने बताए ।

‘समाजवादको व्याख्या गर्नेहरूको कमी रहेको छैन,’ शर्माले भने, ‘हालको अवस्थामा कस्तो खालको समाजवाद आवश्यक रहेको छ । यहाँको समस्याको समाधान कसरी गर्ने सकिन्छ । कर्णालीका समस्या समाधानका लागि बहस निरन्तर गर्न जरुरी रहेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *