अनेरास्ववियु सिन्धुपाल्चोक सह-इन्चार्ज थापाले दिए स्थायी कमिटी सदस्यमा उम्मेदवारी

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको बागमती प्रदेश भुगोल खुल्ला स्थायी कमिटी सदस्यमा केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सहइन्चार्ज रामचन्द्र थापाले उम्मेदवारी दिएका छन्।

मंगलबारदेखि जारी महाधिवेशनमा सिन्धुपाल्चोक सह–इन्चार्ज थापाले उम्मेदवारी दर्ता गराएका हुुन्। नेतृत्वमा ५ जनाको उम्मेदवारी परेपछि आज मतदान हुँदैछ।

पछिल्लो समय विद्यार्यी आन्दोलन गति लिन नसकेकाले त्यसलाई ट्रयाकमा ल्याउन आफूले स्थायी कमिटी सदस्यमा उम्मेदवारी दिएको बताए।

उनले भने, ‘पछिल्लो समय विद्यार्थी आन्दोलन एजेण्डाअनुसार अगाडि बढ्न सकेको छैन। अब नयाँ ढंगबाट पार्टी र संगठन लानुपर्छ। पार्टीको जग नै विद्यार्थी आन्दोलन भएकाले हामीले यसलाई विधि र पद्धतिअनुसार एकताबद्ध ढंगबाट अगाडि बढाउनुपर्छ भन्नेमा जोेड दिनुपर्छ।’

पछिल्लो समय दुई ठुला कम्युनिष्ट पार्टीहरुबीचको एकता पछि विद्यार्थी आन्दोलनले गति लिन नसकेको उनको बुझाइ छ।

स्थायी कमिटीमा उम्मेदवारी दिएका थापाले वि.स. २०६३ सालमा सिन्धुपाल्चोकको कालिका देवि माविबाट अनेरास्ववियुमा पाइला चालेको हुन्। कालिका देवि माविको अनेरास्ववियु कमिटी अध्यक्ष, क्षेत्रीय कमिटी सदस्य हुँदै २०६८ मा आनन्द उच्च माध्यमिक कमिटिको अध्यक्ष, क्षेत्रीय सचिवालय सदस्य हुँदै क्षेत्रीय अध्यक्षसहित जिल्ला कमिटी सदस्य भइसकेका छन्।

२१ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि अनेरास्ववियु सिन्धुपाल्चोक, २४ औं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सचिव, २५ औं जिल्ला अधिवेशनबाट उपाध्यक्षको जिम्मेवारी पाए।

०७४ मा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतापछि नेकपाकालमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीचको एकीकरणपछि अनेरास्ववियू सिन्धुपाल्चोकको कार्यालय सदस्य र पार्टी विभाजनसँगै अनेरास्ववियु सिन्धुपाल्चोक अध्यक्ष (प्रमुख), अनेरास्ववियु केन्द्रिय सदस्य र सिन्धुपाल्चोक जिल्ला सहइन्चार्ज जिम्मेवारी सम्हालेको अनुभव छ।

अनेरास्ववियु प्राक कमिटीदेखि क्रमस क्षेत्रीय सदस्य, क्षेत्रीय अध्यक्ष जिल्ला कमिटी सदस्य, जिल्ला कमिटी सचिव, जिल्ला कमिटी उपाध्यक्ष, जिल्ला कमिटी अध्यक्ष (संयोजक) हुँदै केन्द्रिय कमिटी सदस्यको जिम्मेवारी २ कार्यकाल सम्हाली सकेकाले आफूले स्थायी कमिटीमा उम्मेदवारी दिएको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *