‘सुकुमाया’ विवाह बन्धनमा, सार्वजनिक गरिन् श्रीमान

काठमाडौं। कलाकार आशा खड्का ‘सुकुमाया’ वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले छायाँकार तथा कलाकार सागर गौतमसँग जीवनको नयाँ अध्याय सुरु गरेकी हुन् । उनले बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत आफ्ना श्रीमानसँगको फोटो सार्वजनिक गर्दै वैवाहिक जीवनमा बाँधिएको आधिकारिक जानकारी दिएकी हुन् ।

श्रीमानको तस्विरसहित उनले आफ्नो फेसबुकमा जीवनको नयाँ अध्याय सुरु गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताएकी छन् ।

उनले लेखेकी छन, ‘आजको दिनसम्म मलाई एउटा कलाकारको रुपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैं माया गर्नुहुने मेरा आदरणीय दर्शक महानुभावहरुलाई हजुरहरुले नै चाहनुभएको मान्छेसँग मैले जीवनको नयाँ अध्याय सुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुशी छु । मलाई र मेरो श्रीमानलाई धेरै आशीर्वाद दिनुहोला ।’

विगत केही वर्षयता आशा र सागरले सँगै सिरियलमा काम गर्दै आएका छन् । आशाकै निर्देशन र निर्माणमा बनेका ‘भुन्टी’ र ‘कान्छी’ सिरियल दर्शकमाझ निकै लोकप्रिय छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *