‘भ्यालेन्टाइन डे’मा रविना देशराजले गरिन् प्रेमीसँग ईंगेजमेन्ट (तस्बिरहरु)

काठमाडौं । नायक आयुष्मान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासु रवीना देशराज श्रेष्ठले इन्गेजमेन्ट गरेकी छन् । प्रणय दिवसको अवसर पारेर रवीनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन् ।

आफ्नो इन्स्टाग्राममार्फत स्टाट्स लेख्दै रविनाले ईन्गेजमेन्टबारे जानकारी दिएकी छन् । प्रेमीसँगको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘मैले उसको प्रस्तावलाई स्वीकार गरेँ जसलाई मैले धेरै समयदेखि प्रतीक्षा गरिरहेकी थिएँ ।’

उनको स्टाट्सलाई फलोअप गर्दै स्टुआर्टले पनि ‘उनले हुन्छ भनिन्’ भन्दै इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेका छन् । सासुको ईन्गेजमेन्टमा सहभागी रहेकी अभिनेत्री तथा रवीनाकी बुहारी कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिरहरु सेयर गर्दै ‘उहाँले हुन्छ भन्नुभयो’ लेख्दै रविनालाई बधाई दिएकी छन् ।

केही समयअघिमात्र रवीना र बेलायती नागरिक स्टुआर्टले आफूहरू प्रेम सम्बन्धमा रहेको कुरा सार्वजनिक गरेका थिए । प्रेम सार्वजनिक गरेपछि रविना केही दिनप्रेमीसँग बेलायत बसेर नेपाल फर्केकी हुन् ।

सेलेब्रेटी बैंकरको रूपमा परिचित रवीना मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत थिइन् । केही समय अगाडीमात्र उनले मेगा बैंकबाट राजीनामा दिएकी थिइन् ।

तस्बिरः इन्स्टाग्राम

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *