माधव नेपालको दाबी- राष्ट्रपति एमालेबाटै भए देश बर्बाद हुन्छ (भिडिओ)

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेबाटै भए देश बर्बाद हुने दाबी गरेका छन् ।

पोखरामा बुधबार समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सबै प्रमुख पद एमालेलाई दिँदा देश बर्बाद हुने जिकिर गरेका हुन् ।

‘सभामुख पनि एमाले, राष्ट्रियसभा अध्यक्ष पनि एमाले, राष्ट्रपति पनि एमालेबाटै भए त देश बर्बाद हुन्छ,’ अध्यक्ष नेपालले भने ।

नेपालले अहिलेको गठबन्धन खिचडी गठबन्धन भएको टिप्पणी गरे ।

‘अहिलेको गठबन्धनमा गणतन्त्रका पक्षधर पनि छन्, विरोधी पनि छन्, राजावादी पनि छन्, राजाविरोधी पनि छन्, संघीयता पक्षधर पनि छन्, संघीयता विरोधी पनि छन्’, उनले भने, ‘अहिलेको गठबन्धन खिचडी गठबन्धन हो ।’

पार्टी विचार र सिद्धान्त मिल्नेसँग सहकार्य र मोर्चा बनाएर जाने नेपालले बताए ।

‘हामी विचार र सिद्धान्त मिल्ने पार्टीसँग सहकार्य र मोर्चा बनाएर जान्छौं । तर, कसैसँग विलय भएर जादैनौं,’ उनले भने, ‘गणतन्त्रका पक्षमा रहेकोसँग, धर्म निरपेक्षताको पक्षधरसँग सहकार्य र मोर्चा बनाएर अगाडि बढ्न चाहन्छौं ।’

पार्टी परिवर्तन, रुपान्तरणको पक्षमा रहेको अध्यक्ष नेपालले दाबी गरे । देशको विकास तथा न्यायका लागि एक ढिक्का भएर अगाडि बढ्ने नेपालले प्रतिबद्धता व्यक्त गरे ।

Comments

One response to “माधव नेपालको दाबी- राष्ट्रपति एमालेबाटै भए देश बर्बाद हुन्छ (भिडिओ)”

  1. गोकुल लामिछाने Avatar
    गोकुल लामिछाने

    माकुने यो भारत को तेस्रो दर्जा को दलाल हो यस्ता पाखन्डी लाइ नि नेता मान्नु पर्ने हैट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *