काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा नामिबियाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धसतक बनाएका छन् ।
जारी श्रृंखलाको पहिलो खेलमा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपाललका लागि उनले ओपनर कुशल भुर्तेलसँग ८५ रनको साझेदारी गर्दै ४७ बलमा ४ चौका र ३ छक्कासहित ५० रन बनाए । यो उनको एकदिवसीय क्रिकेटमा छैठौं अर्धसतक हो ।
नेपाल २४.४ ओभरको समाप्तिमा १३८/२ को स्थितिमा छ । क्रिजमा कुशल र रोहित छन् ।

Leave a Reply