दार्जिलिङका सांसदको प्रश्न- भारत देशमा बस्ने डेढ करोड गोर्खा को हुन् ? नेपाली बोल्ने म को हुँ ? (भिडिओ)

काठमाडौं । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई विदेशी नागरिकसरह परिभाषित गरेपछिको आन्दोलन ‘रिभ्यु पेटिशन’ बाट मत्थर भए पनि भारतमा बस्ने डेढ करोड नेपालीभाषी भारतीयमाथिको विभेदबारे संसदमा आवाज उठेको छ ।

भारतको लोकसभामा सत्तारुढ भारतीय जनता पार्टीबाट निर्वाचित दार्जिलिङका सांसद राजु विष्टले सर्वोच्च अदालतको फैसला पुनर्विचार भए पनि भारत देशमा बस्ने डेढ करोड गोर्खा (नेपाली भाषी)माथिको अपमान भने लामो समयदेखि चलिरहेको टिप्पणी गरेका छन् ।

त्यहाँको संसद बैठकमा नेपाली भाषामै बोलेका सांसद विष्टले भारतको संविधानले मान्यता दिएको नेपाली भाषा बोल्नेहरू कसरी नेपाल देशका भए ? भन्ने प्रश्न गरेका छन् । उनले पछिल्लो फैसला सिक्किम प्रदेशको मात्र नभएर समग्र नेपालीभाषी भारतीयमाथिको अपमानको सिलसिला भनेका छन् ।

विष्टले भने, ‘भारतमा हामी नेपाली भाषा बोल्नेहरूमाथि बारम्बार अपमान हुने गरेको छ । म सरकारलाई सोध्न चाहान्छु, भारत देशमा बस्ने डेढ करोड गोर्खा को हुन् ? र म को हुँ । हामीले बोर्डर पार गरेको होइन, बोर्डरले हामीलाई पार गरेको हो । तामिल बोल्नेहरू श्रीलंकन भएनन्, बंगाली बोल्नेहरू बंगलादेशी भएनन्, नेपाली बोल्नेहरु कसरी नेपालका भए ?’

उनले गोर्खामाथि भारतमा बारम्बार अपमान भइरहेको बताए ।

यो पनि पढ्नुस् : नेपाली भाषीलाई विदेशी भनेपछि तात्यो सिक्किमको सडक (भिडिओ)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *