राष्ट्रपतिको सवारीमा भएको घटनामा निलम्बन गरेर हवलदारलाई बलिको बोको बनाइएको पूर्व एआईजीको टिप्पणी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा वीर अस्पताल अगाडी भएको घटनामा प्रहरी हवलदारलाई निलम्बन गरिएकोप्रति पूर्व एआईजी राजेन्द्रसिंह भण्डारीले कडा टिप्पणी गरेका छन्।

उनले हवलदारलाई बलिको बोको बनाइएको उल्लेख गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले अह्राए/खटाएको काम गर्ने व्यक्तिलाई निलम्बन गर्नु त्रुटिपूर्ण रहेको बताएका छन्।

राष्ट्रपतिको सवारीका क्रममा आवागमन रोक लगाउने निर्णय गर्ने पक्ष जिम्मेवार रहेको उनको आशय छ।

संसद्मा संबोधनका लागि शुक्रवार सवारी आवागमनमा रोक लगाइएका बेला वीर अस्पताल अगाडि प्रहरीले चिकित्सकमाथि हातपात गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *