धोविखोला करिडोर शान्तिमार्गमा लुटपाटपछि हत्यामा संलग्नलाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौं । काठमाडौंको धोविखोला करिडोर अन्तर्गत रुद्रनगर शान्तिमार्गमा एक व्यक्तिलाई लुटपाट गरि हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ २४ गते बिहान रुद्रनगर शान्तिमार्गमा एक व्यक्तिको शव फेला परेको सूचना प्राप्त भएको र अनुसन्धान गर्ने क्रममा मोरङ सुन्दरहरैचा घर भएका राम बहादुर थापाले एकदिन अगाडी लुटपाट गरि पर्सा घर भइ टोखा बस्ने ध्रुव बहादुर खड्काको हत्या गरेको खुलेको जनाएको हो ।

पक्राउ परेका राम बहादुर थापाले बतिसपुतलीबाट ट्याक्सिमा राखि एकान्त स्थानमा लगि लुटपाट गर्दै कुटपिट गरि हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान बहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले अनुसन्धान गर्दा पक्राउ परेका थापाले खड्कालाई कुटपिट गरि सामान लिएर सख्त घाइते बनाएका थिए, सोहि राती १० बजे पुन थापा साईकल चढि उक्त स्थानमा पुगी दुवै खुट्टाले छातीमा हानेर खड्काको हत्या गरेको सिसि क्यामेरा फुटेजबाट दखिएको कार्कीले बताए ।

पक्राउ परेका थापालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्यान लिएर ज्यान सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली कागजात बनाई किर्ते गरेको आरोपमा तेह्रथुम म्याङलुङ १ घर भइ काठमाडौंको माछापोखरी बस्ने सोनाम नेपाललाई पक्राउ गरेको छ । काठमाडौंको बसन्तनगरमा संचालन भएको युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमा छापा मार्दा बिभिन्न संघ संस्थाहरुका लेटरप्याड र छापहरु फेला पारिएको र नेपाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *