काठमाडौं । साताको पाँचौ दिन बिहीबार सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार ९ सयमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४ सय रूपैयाँ कायम छ ।
त्यसैगरी चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ३ सय २० रूपैयाँ कायम गरिएको छ ।

Leave a Reply