नारायणकाजी श्रेष्ठको दाबी- राष्ट्रिय सहमतिको वातावरण बन्दै गइरहेको छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएको बताएका छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सत्ता पक्ष र प्रतिपक्ष मिलेर जानुपर्ने बताए।

उनले भने, ‘राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सामाजिक न्यायसहितको समृद्धिको अभियानलाई त्यसलाई गुणात्मक फड्को दिशामा पुर्‍याउन सबै राजनीतिक पार्टीहरू मिलेर राष्ट्रिय सहमतिको वातावरण सिर्जना गर्दै जानुपर्ने भएकोमा त्यसको बोध सबैबाट हुँदै गएको अनुभूति गराएको छ।’

उनले प्रतिनिधि सभापति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा पनि राष्ट्रिय सहमतिको सन्देश गएको बताए। राष्ट्रियसभाको उपाध्यक्षमा पनि एक जनाको मात्रै उम्मेदवार बनेपछि सहमतिको सन्देश गएको बताए।

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादीकी उर्मिला आचार्य आज सर्वसम्मत निर्वाचित हुँदै छिन्। अहिले बैठक बसिरहेको छ।

Comments

One response to “नारायणकाजी श्रेष्ठको दाबी- राष्ट्रिय सहमतिको वातावरण बन्दै गइरहेको छ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    काँग्रेसले राष्ट्रपति हत्याउन सकिन्छ कि भनेर राष्ट्रिय सहमतिको राग अलापेको हो । प्रधानमन्त्री देउ भनेर प्रचण्डले भन्दा तिमीलाई प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन सक्दिन भनेको होईन काँग्रेसले ? त्यतिबेला कहाँ थियो राष्ट्रिय सहमति ? सभामुखमा एमालेको उम्मेद्वार विरूद्व अर्को उम्मेद्वार खडा गर्नेलाई राष्ट्रिय सहमतिको कुरा निकाल्न लाज लाग्दैन ? त्यतिबेला प्रचण्डले पनि राष्ट्रिय सहमति कायम गरौं र सभामुखमा एमालेको उम्मेदवारलाई भोट हाल्नुहोस भनेर काँग्रेसलाई किन नभनेको ? कुरा स्पष्ट छ । एमालेले राष्ट्रपतिमा उम्मेद्वार उठाउँछ । सायद काँगेसले पनि उठाउँछ । माओवादीले काँग्रेसलाई भोट हालेमा गठबन्धन त्यहि दिन सकिन्छ । एमालेको सभामुख र प्रदेशमा पनि सभामुख बाँकी रहनेछन। प्रमुख प्रतिपक्षी भएर शानसँग बस्छ । चुनावमा त भोट नदिएको काँग्रस , दुवै पद दिन्न भन्ने काँग्रेससँग गएर प्रचण्डलाई उसले कसरी लात हान्दोरहेछ एमाले खुशीसाथ हेर्नेछ । केही गर्ने मन छ यो पाली भन्ने प्रचण्डलाई कसरी भ्रष्टाचार, कुशासनको चक्रमा फसाउँछ काँग्रेसले हेर्न पाईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *