एक्लाएक्लै लडेको भए कांग्रेस र एमालेले १३-१३ र माओवादीले ४ ठाउँमात्र जित्ने नेकपा एसको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले एक्लै निर्वाचन लडेको अवस्थामा नेपाली कांग्रेस र नेकपा एमाले १३-१३ सीटमा सीमित हुने निष्कर्ष निकालेको छ । माओवादी एक्लै चुनाव लडेको भए चार सीट मात्रै प्रतिनिधिसभामा जित्न सक्ने दाबी नेकपा एसको राजनीतिक प्रतिवेदनमा गरिएको छ ।

केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमा एमाले एक्लै चुनाव लडेको भए झापा २, झापा ४, झापा ५, धनकुटा १, उदयपुर २, धनुषा ३, ललितपुर २, कास्की २, कास्की ३, पाल्पा १ र कपिलवस्तु १) मा मात्रै जित्न सक्ने निष्कर्ष निकालिएको छ ।

यस्तै एमालेले महोत्तरी १, सिराहा १, सिराहा ३, सर्लाही ३, धनुषा ४, बारा १, बारा ३ र पर्सा ३ मा जसपाको मत पाएर जितेको दाबी गरिएको छ । रुपन्देही १ र २ मा राप्रपाको मत पाएर जितेको प्रतिवेदनमा उल्लेख छ । सुनसरी २ मा जसपाको र बाँके १ मा राप्रपाको मत एमालेले नपाएको भए एमाले उम्मेदवार पराजित हुने दाबी गरिएको छ ।

यस्तै कांग्रेस एक्लै निर्वाचन लडेको भए झापा १, मोरङ ३, मोरङ ६, रसुवा १, नुवाकोट २, मनाङ १, तनहुँ १, स्याङ्जा २, नवलपरासी पूर्व १, सुर्खेत १, बाजुरा १, डडेलधुरा १ र कञ्चनपुर ३ मा मात्रै जित्ने दाबी नेकपा एसको छ ।

२१ वटा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रको मत पाएर कांग्रेस विजयी भएको नेकपा एसको दाबी छ । सङ्खुवासभा १, ओखलढुङ्गा १, धनुषा २, रामेछाप १, सिन्धुली १, धादिङ २, ललितपुर १, सिन्धुपाल्चोक २, गोरखा १, स्याङ्जा १, मुस्ताङ १, म्याग्दी १, गुल्मी १, पूर्वी नवलपरासी १, कपिलवस्तु २, दाबी ३, बाँके ३, बर्दिया १, सुर्खेत २, दार्चुला १ र कञ्चनपुर २ मा कांग्रेस माअ‍ोवादीको मतले जितेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै आफ्नो पार्टीले समानुपातिकतरफ प्राप्त गरेको मत नपाएको भए १४ क्षेत्रमा कांग्रेस पराजित हुने पनि दाबी गरिएको छ । तेह्रथुम १, मोरङ १, सुनसरी ४, सप्तरी ४, रौतहट ४, काठमाडौँ १, काठमाडौँ १०, भक्तपुर २, दैलेख २ र कैलाली ४) मा र हाम्रो मत उसले नपाएर उसको निकटतम प्रतिस्पर्धीले पाउँदा थप ४ क्षेत्र (उदयपुर १, पूर्वी नवलपरासी २, मुगु १ र कैलाली ५ मा नेकपा एसको मतले कांग्रेस विजयी भएको निष्कर्ष निकालिएको छ ।

‘माओवादी केन्द्र र एकीकृत समाजवादीमध्ये कुनै एकको मत नपाउँदा अछाम २ मा, माओवादी केन्द्र र लोसपामध्ये कुनै एकको मत नपाउँदा महोत्तरी ४ मा र माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीमध्ये कुनै एकको मत नपाउँदा सप्तरी ३ र पर्सा २ मा काँग्रेस पराजित हुन्थ्यो’, नेकपा एसको प्रतिवेदनमा भनिएको छ । नेकपा एसको एमालेतर्फ जाँदा र माओवादी केन्द्रको मत नपाउँदा तनहुँ २ मा पनि कांग्रेस पराजित हुने अवस्थामा रहेको दाबी गरिएको छ ।

यस्तै माओवादी केन्द्र एक्लै चुनाव लडेको भए गोरखा २, रोल्पा १, रुकुम पूर्व १ र रुकुम पश्चिम १ गरी जम्मा ४ क्षेत्रमा मात्रै जित्ने नेकपा एसको निष्कर्ष छ ।

नेपाली कांग्रेसको मतले माओवादी १० ठाउँमा विजयी भएको दाबी गरिएको छ । मोरङ ४, सर्लाही २, सिन्धुली २, सिन्धुपाल्चोक १, काभ्रे १, नुवाकोट १, बागलुङ २, कालिकोट १, जाजरकोट १ र हुम्ला १ कांग्रेसको मत पाएर माओवादी विजयी भएको दाबी नेकपा एसको छ ।

Comments

4 responses to “एक्लाएक्लै लडेको भए कांग्रेस र एमालेले १३-१३ र माओवादीले ४ ठाउँमात्र जित्ने नेकपा एसको दाबी”

  1. Megh Raj Acharya Avatar
    Megh Raj Acharya

    आफ्नो पार्टी १० स्थानमा कसरि जितेको कामदेव?एक्ला एक्लै लडेको भए तपाईंको पार्टी के हुन्थ्यो?आफ्नो हिसाब नहेर्ने,अरुको हिसाव राख्ने पनि हुन्छ र?

  2. Laleek Avatar
    Laleek

    आफ्नो आङमा भैंसी नदेख्ने अरूकाको आङमा जुम्रा देख्ने कस्तो दुरूबिन ?

  3. harihar Avatar
    harihar

    निर्वाचन आयोगको नतिजा अनुसार नेकपा एमाले समानुपातिकमा ७७ स्थानमा पहिलो छ । तर यहाँ १३स्थानमा भनिएको छ । यस्तो कुतर्क हुँदा पनि कुनै खन्डन छैन । हाम्रो गाउँ घर तिर एउटा पागल थिए, जे पनि बोल्थे, कसैले वास्ता गर्दैनथे । मलाई त्यस्तै लाग्यो ।

  4. madhab devkota Avatar
    madhab devkota

    हाहाहा…. बोरिङ फिल भैराथ्यो मातृकाजीले फ्रेस गराईदिनु भयो । 😂

Leave a Reply

Your email address will not be published. Required fields are marked *