काठमाडौं । सिंहदरबार पूर्वी गेटमा ढल फुटेको छ । यस रुटमा चल्ने यातायात समेत प्रभावित भएको छ । ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालकहरूले सास्ती व्यहोरेका छन् ।

मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदासमेत सरकार बेखबर बनेको स्थानीयले गुनासो गरेका छन् ।
पूर्वी गेट वरपरका वासिन्दा ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।


Leave a Reply