परराष्ट्र मन्त्री पौडेलेको पहिलो विदेश भ्रमण श्रीलङ्काबाट

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेलको पहिलो विदेश भ्रमण श्रीलङ्काबाट हुने भएको छ ।

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औँ वर्षगाँठका अवसरमा श्रीलङ्का सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन परराष्ट्र मन्त्री पौडेल श्रीलङ्का जान लागेकी हुन्। उनको श्रीलङ्का भ्रमणलाई मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वीकृत गरेको छ ।

मङ्गलवारबाट सुरु हुने सो समारोहमा समारोहमा परराष्ट्र मन्त्री पौडेलले समकक्षी अलि साबिक्रोसहित श्रीलङ्काका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *