भारतसँगको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा बाेलाइए ४३ खेलाडी

काठमडौं । राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक अनन्तराज थापाले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४३ खेलाडीलाई डाकेका छन् ।

आगामी महिना भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि ती खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारदेखि सुरु हुने जनाएको छ ।

प्रारम्भिक चरणमा डाकिएका ४३ खेलाडीः

अमिसा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, अन्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, अनुस्का शेर्पा, विमला विक, विमला चौधरी, चन्द्रा भण्डारी, दीपा न्यौपाने, दीपा शाही, गंगा गुरुङ, घीमकुमारी गुरुङ, गीता राना, हीमा चौधरी, हीराकुमारी भुजेल, कविता विक, कविता धिमाल, कुसुम राई, कुसुम खतिवडा, मनिका स्वार, मन्जलीकुमारी योञ्जन, मेनुका आले मगर, निर्मला विक, निशा थोकर, प्रीति राई, रश्मिकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सावित्रा भण्डारी, समीक्षा घिमिरे, सन्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती आयर, सरु लिम्बू, सिर्जना चेम्जोङ, सिर्जना सिंह ठकुरी, सुनिता चौधरी र उषा नाथ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *