कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री न्युल्याण्डबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डबीच भेटवार्ता भएको छ।

उपविदेशमन्त्री न्युल्याण्ड देउवालाई भेट्न उनकै निवास धुम्बाराही पुगेकी थिइन्। सभापति देउवाले भेटवार्ताको तस्बिर सामाजिक सञ्जाल ट्विटरमार्फ साझा गरेका छन्।

भेटवार्ताका क्रममा उनले नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास र सुशासनमा सहयोगलाई अझ सुदृढ बनाउने उपायहरूबारे छलफल गरेको जानकारी दिएका छन्।

त्यस्तै उनले नेपाललाई अमेरिकाले निरन्तर गर्दै आएको सहयोग उच्च मूल्यवान् रहेको भन्दै निरन्तर सहयोगका लागि धन्यवाद दिएको बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *