राष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न छलफलमा आयोग

काठमाडौं । राष्ट्रपति निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्वाचन आयोग छलफलमा जुटेको छ।

निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गर्न अहिले आयोग पदाधिकारीहरूको बैठक बसिरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उनले भने, ‘राष्ट्रपति निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने विषयमा छलफल अहिले भइरहेको छ। केही समयमा निर्णय आउला।,’

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल  फागुन २८ मा सकिने भएकाले २६ गते गर्ने आयोगले तयारी गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *