काठमाडौं । आगामी महिना घरेलु मैदानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय श्रंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले आजदेखी औपचारिक रुपमा प्रशिक्षण सुरु गरेको छ ।
प्रतियोगिता सुरुहुन करिब २ साता मात्रै बाँकी रहँदा प्रतियोगिता खेल्ने अन्तिम टिम सार्वजानिक भइसक्नुपर्नेमा मुख्य प्रशिक्षक नियुक्तीमा ढिलाई भएपछि नेपाली टिमको प्रशिक्षण सुरु हुन सकेको थिएन । नेपाल क्रिकेट संघ (क्यान)ले केहिदिन अघिमात्रै प्ररम्भिक चरणको प्रशिक्षणमा २८ खेलाडीलाई डाकेको थियो ।
औपचारिक रुपमा नभएपनि क्यानको अनुरोधमा भारतिय प्रशिक्षक मोन्टि देसाईले आजदेखी नेपाली टिमको प्रशिक्षण सम्हालेका छन् । क्यानले केहिदिन अघिनै उनको नाम सिफारिस गरेपनि राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले स्विकृती भने नदिइसकेको क्यानका कार्यबहाक सचिव प्रशान्तविक्रम मल्लले बताएका थिए ।
प्रतियोगिता सुरु हुन धेरै समय नभएकाले मोन्टिलाई तत्कालका लागि क्यानले आफै जिम्मेवारी लिएर बोलाएको उनले बताए । यदी राखेपले क्यानको प्रस्ताव नस्विकारे उनी फर्किनु सम्भावना पनि रहेको मल्लले जानकारी दिए ।
मोन्टिले यसअघि सन् २०१७ मा नेपालले यू–१९ एसियाकप खेल्दा ब्याटिङ सल्लाहकारको रुपमा नेपाली टिमसँग जोडिएका थिए । त्यतीबेला नेपाली टिमको प्रदर्शनपनि राम्रो रहेको थियो भने भारतलाई पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको थियो ।
यसअघि, उनले वेस्टइन्डिजको ब्याटिङ प्रशिक्षण सम्हालेका थिए । वेस्टइन्डिजसँग तीन वर्षको सम्झौता सकिएसँगै देशाई कतैपनि अनुबन्ध थिएनन् र नेपाल आउने उनको सम्भावना बलियो दखिएको थियो । समग्रमा नेपाली टिमा ब्याटिङकै बढी समस्या रहने भएकाले यसबेला उनी टिमकालागि राम्रो प्रशिक्षक हुन सक्छन् । र उनीबाट राम्रो नतिजाको पनि अपेक्षा गर्न सकिन्छ ।
प्ररम्भिक बन्द प्रशिक्षणमा डाकीएका २८ खेलाडी
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंसी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महत्तो, कमलसिंह ऐरी, सिद्दान्त लोहनी, अर्जुन साउद, अविनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भिम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम शोव, भुवन कार्की, अंकीत सुवेदी ।
तस्विरहरुः


Leave a Reply