स्ववियू निर्वाचनको प्रस्तावित आचारसंहिता तयार: के गर्न पाइन्छ, के पाइँदैन ? (पूर्णपाठ)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचन आचारसंहिता सम्बन्धी प्रस्तावित निर्देशित २०७९ सार्वजनिक गरेको छ।

चैत ५ गते हुने निर्वाचनको लागि त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आचारसंहिता सार्वजनिक गरेको हो ।
स्ववियू निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित रुपमा गराउने प्रयोजनार्थ केन्द्रीय अनुगमन तथा समन्वयन समितिले आचारसंहितमा उल्लेख भएका नियमहरुलाई पालन भए नभएको अनुगनम गर्ने उल्लेख गरेको छ।

आचारसंहितमा क्याम्पसको कम्पाउण्ड वालको बाहिर पट्टी, भित्र पट्टी र क्पाम्पस परिसरमा वाल पेन्टिङ गर्न नपाइने, निर्वाचन सम्बन्धी कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने, त्रिविका क्याम्पसहरुलाई हानि हुने कुनै प्रकारका प्रचार प्रसार गर्न नपाइने, क्याम्पस हातात्रि माइकबाट कुनै पनि प्रकारको प्रचार गर्न नपाइने लगायतको व्यवस्ता गरेको छ।

यस्तै चुनावकाे तयारीकाे विषयमा आज त्रिविको कार्यकारी परिषद्ले विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरेको छ । छलफलकाे   विद्यार्थीकाे माग सम्बाेधन गर्न त्रिवि तयार रहेकाे  परिषद्ले बताएकाे छ ।

    

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *