रविले नागरिकता लिएपछि दाइ हरिशरण भन्छन्- कानुनले दिए चितवन- २ को उपनिर्वाचनमा लड्छ

काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको दाई हरिशरण लामिछानेले कानुनले नछेके चितवन- २ मा हुने उपनिर्वाचनमा रवि लड्ने बताएका छन्।

जिल्ला प्रशासन कार्यालयबाट रविको नागरिकता कायम गरेपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिमा सक्रिय रहने बताए।

उनले भने, ‘रवि राजनीतिमा सक्रिय रहन्छ। आज यहाँबाट सर्वोच्च्को आदेशबमोजिम नागरिकता लिएका छौं। अब उसले पार्टी सदस्यता पनि लिनुपर्ने हुन्छ। अब विस्तारै सबै प्रक्रिया पुरा गरेर अघि बढ्छौं। अब कानुन दिएर उपनिर्वाचनमा लड्छ।’

शुक्रबार नागरिकता सम्बन्धी मुद्धामा सर्वोच्चको आदेशपछि सांसद, उपप्रधानसहित गृहमन्त्री र पार्टी सभापतिको समेत जिम्मेवारीबाट मुक्त भएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *