उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।

आइतबार सिंहदरबारमा उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच शिष्टाचार भेट भएको हो।

भेटमा उपप्रधानमन्त्री पोखरेलले नेपाल र चीनबीचको वर्षौँदेखिको मित्रतालाई उजागर गर्नुका साथै जनस्तरको सम्बन्धका बारेमा चर्चा गरेका थिए। दुई देशबीचको द्विपक्षीय हितका विकासका विषयमा पनि छलफल भएको थियो।

चिनियाँ राजदूतले श्रेष्ठलाई उपप्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरे भने श्रेष्ठले नेपालको लागि राजदूत बनेकोमा सोङलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *