काठमाडौं र ललितपुरमा विदेशी ब्रान्डका नक्कली मदिरा कारखाना !

काठमाडौं। विदेशी ब्रान्डका नक्कली मदिरा बनाउने कारखानामा प्रहरीले छापा मारेको छ।

काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयको टोलीले महँगा विदेशी ब्रान्डका नक्कली मदिरासहित ३ जनालाई पक्राउ गरेको छ।

काठमाडौंमा फेला परेपछि फलो अपमा ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि कारखाना भेटेको हो।

‘सस्तो रक्सी महँगा ब्रान्डका बोतलमा राखेर बेच्ने गरेको पाइएको छ। विशेष गरेर डान्स बार, रेस्टरेन्टहरुमा त्यसलाई सप्लाई गरिँदो रहेछ’, काठमाडौं प्रहरी अनुसन्धान कार्यालयका एक अधिकारीले भने।

प्रहरीले यसअघि पनि यस्ता कारखानामा छापा मारेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *