अमेरिकी फोटोपत्रकार भन्छन्: दार्जीलिङ र भेडेटार उस्तै, भेडेटारको जङ्गल राम्रो

भेडेटार । अमेरिकी फोटोग्राफर तथा क्यामेरा भोएजेज नामक पर्यटन संस्थाका संस्थापक तथा टुर अपरेटर विलियम भासक्वेजले भेडेटार र दार्जीलिङ उस्तै भएको बताएका छन् ।

नेपाल, भारत, भुटान थुप्रैपटक ओहोरदोहोर गरेका न्यू योर्कका रैथाने विलियमले भेडेटार जङ्गलमा भने दार्जीलिङ भन्दा धनी भएको बताए। उनले भने, ‘दार्जीलिङमा चिया लगाउन धेरै रुख काटिएका छन् । भेडेटारमा अझैसम्म जङ्गल रहेछ।’

फरक प्रसङ्गमा विलियमले भुटान जिन्दगीमा एकपटक गएपनि पटकपटक जान भने योग्य नभएको बताए। उनले भने, ‘भुटान धेरै मंहगो छ। एकपटक भुटान जानू ठीकै हो। पटकपटक जानू भन्दा त्यही पैसाले अरु दुई तीन देश घुम्न सकिन्छ ।’

फ्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले गरेको प्रदेश नम्बर १ को डेस्टिनेसन मार्केटिङ कन्क्लेभमा अतिथि भएर विलियम भेडेटार आएका हुन् ।

मोरङको नेपालिरिका होटलमा हुने १६ गतेको कार्यक्रममा उनले क्यामेरा र पर्यटन बारेमा आफ्नो प्रस्तुति राख्ने कार्यक्रम रहेको पाटा नेपालका सिइओ सुरेस बडालले जानकारी दिए। विलियमको शीर्षक गन्तव्य र संस्कृति प्रबर्द्धनमा क्यामेराको महत्त्व बारेमा हुने बडालले बताए।

Comments

One response to “अमेरिकी फोटोपत्रकार भन्छन्: दार्जीलिङ र भेडेटार उस्तै, भेडेटारको जङ्गल राम्रो”

  1. krishna manakamana Avatar

    नेपालका पर्यटन गन्तब्यहरु सन्सारका कुनै पनि पर्यटन गन्तब्यहरु अतुलनिय छन ।
    प्राकृतीक छटाले स्वत स्फुर्त श्रृंगारीत हाम्रो भुमी अति नै सुन्दर छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *