प्रशिक्षक नटुंग्याई बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाइयो, सन्दीप परेनन्

काठमाडौं । मुख्य प्रशिक्षकको टुंगो नलगाई नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना घरेलु मैदानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकपअन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

नेपालले फागुन २ देखि ९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा नामिबिया र स्कटल्यान्डसँग आईसीसी लिग-२ अन्तर्गत चार खेलको एकदीवसीय श्रृंखला खेल्ने तालिका रहेको छ ।

पहिलो चरणको प्रशिक्षणका लागि शुक्रबार क्यानले सर्वजानिक गरेको २८ खेलाडीमा केही पुराना खेलाडीले पुनरागमन गरेका छन् भने केही नयाँ अनुहार समेटिएका छन् ।

तर, सन्दीप भने टीममा समेटिएको छैन । किशोरी बलात्कारको आरोप लागेका सन्दीप अघिल्लो हप्तामात्रै धरौटीमा रिहा भएका थिए । सन्दीप रिहा भएपछि उनी राष्ट्रिय टीममा फर्किने कुराले निकै चर्चा पाएको थियो । आईसीसीले नेपालको कानूनअनुसार खेलाउन मिले खेलाउनू भनेर क्यानलाई भने पनि टीममा भने परेनन् ।

बन्द प्रशिक्षणमा डाकिएका २८ खेलाडीः

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंसी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महत्तो, कमलसिंह ऐरी, सिद्दान्त लोहनी, अर्जुन साउद, अविनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भिम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम शोव, भुवन कार्की, अंकीत सुवेदी ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *