स्ववियू निर्वाचनको तयारीमा नेविसंघ, घोषणापत्र बनाउन समिति गठन (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ संघ स्ववियू निर्वाचनको तयारीमा जुटेको छ ।

आगामी चैत ५ गते हुने निर्वाचनको तयारीका लागि घोषणापत्र समिति गठन गरेर नेविसंघले स्ववियूको निर्वाचनको तयारी थालेको हो।

स्ववियू निर्वाचनको सहभागितालाई प्रभावकारी बनाउन निमित्त नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा स्ववियू निर्वाचन २०७९ घोषणापत्र तयारी समिति मनोनीत गरेको नेविसंघका केन्द्रीय कार्यसमिति अध्यक्ष दुजाङ शेर्पाले बताए ।

गन्धर्वको नेतृत्वमा गठित समितिमा ३३ सदस्यीय रहेको उनले बताए । उनले घोषणापत्र समितिको सचिवमा विकल राईलाई मनोनीत गरेको समेत बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *