प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटन एमाले अध्यक्ष ओली पुगेका थिए।

दुई नेताहरुबीच पछिल्लो समसामयिक राजनीति, राष्ट्रपतिको निर्वाचन, प्रदेशका सरकारलाई पूर्णतालगायतका बिषयमा छलफल भइरहेको बुझिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *