रुपन्देही । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डको केराबारीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ना. ८ ख ७९२४ नम्बरको टिपर सडकबाट खोलामा खसेको हो ।
बुधबार राति भएको दुर्घटनामा चालक स्याङ्जा गल्याङ नगरपालिका-१ का राम्दीका सरोज न्यौपानेको मृत्यु भएको हो ।
दुर्घटना भई टिपर सडकबाट खसेपछि घटनास्थलमा पुगेको प्रहरीले बुधबार राति खोजतलास गर्ने अवस्थामा चालकलाई फेला नपारेपछि बिहीबार बिहान पुनः खोजी गर्नेक्रममा उनी मृत अवस्थामा फेला परेका हुन् ।

Leave a Reply