काठमाडौं । संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्याय माग्दै युवाहरू सडकमा उत्रिएका छन् । माइतीघरमा केही युवाहरूले स्वस्फुर्तरूपमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले प्रेमको आत्महत्या नभएर हत्या भएको दाबी गरेका छन् ।

लुटतन्त्र, भ्रष्टाचारविरुद्ध एकजुट हौं भन्दै प्रदर्शनकारीले उनले उठाएका सवालहरूलाई पूरा गर्न पनि दबाब दिएका छन् ।
आचार्यको आत्मदाहमा राज्य जिम्मेवार भएको भन्दै युवाहरूले ‘अब अर्को श्रद्धाञ्जली मेरो लागि नहोस् !’ भन्दै सचेतसमेत गराएका छन् ।


Leave a Reply