एटीसीको निर्देशन नमानेका नेवानिका पाँच पाइलट निलम्बित

काठमाडौं । तीनजना पाइलटले निर्देशन पालना नगर्दा निलम्बनमा परेका छन् । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई कारबाही गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमानेपछि पाइलटलाई निलम्बन गर्न गत शुक्रबार नै निर्देशन दिएको निरौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

‘पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई निलम्बन गर्न भनिएको हो’, उनले भने । यता निगमले भने अध्ययन गरेर मात्र अघि बढ्ने जनाएको छ । तर, प्राधिकरणले भने आफू नियामक भएकाले निगमले आफ्नाे निर्देशन मान्नुपर्ने बताएको छ ।

यस्तै काठमाडौंबाट जापान उड्ने क्रममा निर्देशन नमानेको भन्दै अर्का दुई पाइलट वाईटी जुहार्तन र प्रसन्न राणालाई पनि निलम्बन गर्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।

Comments

One response to “एटीसीको निर्देशन नमानेका नेवानिका पाँच पाइलट निलम्बित”

  1. GB Rai Avatar

    जहाज उडाउने पाइलटले कप उडाएकाे जहाजले कमाएकाे पैसा खाने प्राधिकरणले हाे? पाइलटलाइ रिसउठाउने प्राधिकरणका निर्देशक लाइ हटाउनुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *