एमालेनिकट युवा संघद्वारा निवेश यादवसहित ५ जना निष्कासित

काठमाडौं । नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले निवेश यादवसहित ५ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

संघले बिहीबार जारी गरेको विज्ञप्तिमा तत्कालीन स्थायी कमिटी सदस्य तथा रौतहट जिल्ला ईन्चार्ज निवेश यादवसहित संघको केन्द्रिय कमिटीमा प्रतिनिधित्व गर्ने पर्साका विश्वराज पटेल, रामेछापका शंकर लाखे, नवलपुरका गुणराज पुन, काभ्रका विरेन्द्र लामालाई कारवाही गरिएको उल्लेख गरेको छ । उनीहरुले पार्टी र संघको हित विपरीत गतिविधि गरेको भन्दै साधारण सदस्य समेतबाट निष्कासन गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघका तत्कालीन रौतहट जिल्ला ईन्चार्ज निवेश यादव नेकपा एमालेको जिल्ला अधिवेशनहरुमध्ये देशकै सबैभन्दा कम उमेरमा निर्वाचित जिल्ला कमिटीका सदस्य थिए । हालै सम्पन्न आम निर्वाचनको बेला एमालेले जसपासंग गठबन्धन गरेपछि आपत्ति जनाउदै यादवले असोज २२ गते संघको स्थायी कमिटी सदस्य तथा रौतहट ईन्चार्जको भुमिकाबाट राजीनामा दिएका थिए ।

लगत्तै प्रभु साहले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई समर्थन जनाउँदै यादवले पनि एमाले परित्याग गरेका थिए । यादव अहिले प्रभु साह नेतृत्वको आम जनता पार्टीको केन्द्रीय प्रचारप्रसार विभाका उपप्रमुख हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *