कांग्रेसप्रति मनिष झाको कटाक्ष- जित्ने बेला आफन्त खोज्छ, हार्ने बेला समावेशी रोज्छ (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली कांग्रेसले जित सुनिश्चित भएको बेलामा आफन्तलाई अघि सार्ने गरेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा कांग्रेसप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।

उनले भने, ‘आज हामी सभामुखको चयन गर्दैछौं। अर्को पक्षबाट आएको उम्मेदवार धेरै प्रतिनिधिको पैरवी भयो। तर, त्यो दलले गरिरहेको अभ्यास हेर्दा पटक पटक देखेका छौँ। जब विजय निश्चित हुन्छ आफन्त खोजिन्छ। जब सुनिश्चित हुँदैन विभिन्न दृष्टिकोणले समावेशिताको मुद्दा उठाइन्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *