सभामुखमा एमालेका घिमिरेलाई भोट हाल्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सभामुखमा एमालेका देवराज घिमिरेलाई मत दिने भएको छ ।

आजको पार्टी बैठकले सातदलीय गठबन्धनकै उम्मेदवार घिमिरेलाई भोट हाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

सरकारमा सहभागिताबारे भने निर्णय भइनसकेको उनले बताए ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *