हत्या अभियोग लागेका सांसदले मतदान गर्ने/नगर्ने टुंगो लगाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले हत्याको अभियोग लागेका सांसदले सभामुखको निर्वाचनमा भाग लिन पाउने वा नपाउने निर्णय गरेर मात्र निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुखको निर्वाचन प्रक्रिया सुरु भइरहेका बेला कांग्रेस सांसद रामहरि खतिवडाले यस्तो माग गरेका हुन् ।

खतिवडाले प्रश्न गर्दै भने, ‘अहिले सभामुखको निर्वाचन हुदैँछ । आज सभामुखको निर्वाचन हुने बेलामा यस संसदमा हत्याको अभियोग लागेका सांसद पनि यही भित्र छन् भन्ने सुनिन आएको छ, सभामुख महोदय, म गृहमन्त्री ज्यूलाई अनुरोध गर्न चाहन्छु, हामी चिन्दैनौ उहाँ यहाँ भित्र हुनुहुन्छ वा हुनुहुन्न । यदि हुनुहुन्छ भने, उहाँको मतदान प्रक्रियामा भाग लिन पाउने नपाउने त्यो निर्णय गरेर मात्र सभा सञ्चालन गरियोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’

उनले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीतर्फ इंगित गरेका हुन् । महोत्तरी १ बाट निर्वाचित एमाले सांसद कोइरीमाथि मधेस आन्दोलनका बेला प्रहरी जवान थमन विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने कार्यमा सहयोग गरेको अभियोग छ ।

उनलाई जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपनि फरार रहेको आरोप छ । यद्यपि मधेस आन्दोलनका बेला यस्तै मुद्दा लागेका अरु नेता पनि सांसद र मन्त्री भइसकेका छन् ।

Comments

One response to “हत्या अभियोग लागेका सांसदले मतदान गर्ने/नगर्ने टुंगो लगाउन कांग्रेसको माग”

  1. ksp pyl Avatar
    ksp pyl

    साथै यश अघि कुनै साँसदले घडी चोरेको आरोप लागेको छ भने उसलाई पनि मतदान गर्न दिने कि नदिने भन्ने टुङ्गो लगाईयोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *