देउवा विपक्षी दलको नेताको कुर्सीमा बस्न नपाउने नेमकिपाको दाबी, कानून उल्लंघन नगर्न चेतावनी (भिडिओ)

काठमाडौं । नेपाल मजदूर किसान पार्टीले नेपाली कांग्रेसको प्रमुख विपक्षी दलको हैसियतमाथि प्रश्न उठाएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा समय लिएर बोल्दै नेमकिपाका सांसद प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस पार्टी प्रमुख विपक्षी दल रहन नसक्ने बताए ।

सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने दलमध्ये नेमकिपा सबैभन्दा ठूलो दलले भएकोले संघीय कानून बमोजिम नेमकिपा नै विपक्षी दल भएको भन्दै कानून बमोजिम दलको नेता तोकेर मात्र अरू प्रक्रिया अघि बढाउन संसद् सचिवालयको ध्यानाकर्षण गराएका हुन् ।

उनले संसद्को अधिकार सर्वोच्चमा पठाउन नहुने भन्दा संसद्ले बनाएको कानून आफैं उल्लंघन गर्न नमिल्ने बताए ।

सुवालले एमाले अध्यक्ष केपी ओलीले नै कांग्रेस सरकारको सहयोगी दल रहेको भनिसकेको र विश्लेषकहरूले पनि कांग्रेस विपक्षी दलको हैसियतमा रहन नसक्ने भनेको कुरालाई उनले उठाएका हुन् ।

उनले शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा नराख्न समेत ध्यानाकर्षण गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *