बच्चा लिएर संसद् भवन पुगिन् सांसद माया राई

काठमाडौं । नेपाली कांग्रेसका सांसद माया राई बच्चा बोकेर संसद् बैठकमा उपस्थित हुन पुगेकी छन्।

सभामुखको निर्वाचनको लागि सबै सांसदलाई अनिवार्य उपस्थित हुन पार्टीबाट ह्विप जारी भएपछि बच्चा लिएर संसद् भवनमा पुगेकी हुन्।

भोजपुरकी माया कांग्रेस केन्द्रीय सदस्य समेत हुन्। उनी आदिवासी जनजातितर्फ प्रतिनिधि सभा समानुपातिक सांसद बनेकी हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *