काठमाडौं । विपक्षी दलहरुको बैठकबाट लोसपाका अध्यक्ष महन्थ ठाकुर बाहिरिएका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकबाट अध्यक्ष ठाकुर बाहिरिएका हुन् ।
अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता जारी छ ।
उनीहरुबीच सभामुखको निर्वाचन र आगामी रणनीतिको बारेमा छलफल भएको जनाइएको छ । यसअघि बिहान पनि देउवा, नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो ।

Leave a Reply